Logo

राजनीति

सभापति देउवाद्वारा सोनाम÷ग्याल्वो ल्होसारको शुभकामना सन्देश



नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तामाङ जातिकोे “सोनाम ल्होसार” तथा शेर्पा जातिको “ग्याल्वो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका छन् ।

उनले उक्त अवसरमा बिज्ञप्ति जारी गर्दै भनेका छन्,”सोनाम ल्होसार” तथा शेर्पा जातिको “ग्याल्वो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा  स्वदेश तथा विदेशमा रहनु भएका तामाङ तथा शेर्पा समुदायका सम्पूर्ण  दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

त्यस्तै, सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन् । सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ । यी पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ ।

यी पर्वहरुले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु र यी महत्वपूर्ण पर्वहरुका अवसरमा सबैमा पुनः शुभकामना व्यक्त गर्दछु । विज्ञप्तिमा उनले भनेका छन् । 

Sonam and Gyalbo Losar 2077.jpg

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ०७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।