Logo

राजनीति

कांग्रेसद्वारा सोनाम ल्होसार शुभकामना सन्देश



नेपाली काँग्रेस (वी पी) ले तामाङ समुदायको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ औं को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तामाङ समुदायका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख शान्ति समृद्धिर उत्तरोत्तर प्रगतिको कामना सहिद शुभकामना व्यक्त गरेको छ । 
 
पार्टीका केन्द्रिय सभापति हरिबोल भट्टराई, नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ, नेपाल तरुण (वी पी) का केन्द्रिय अध्यक्ष प्रधुम्न कार्कि नेविसंघ नुवाकोट जिल्ला अध्यक्ष तथा युवा नेता एवं पार्टी केन्द्रिय कार्यलय सचिव सुशीलराज वाग्लले छुट्टाछुट्टै शुभकामना शन्देश जारि गर्दै नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । 
 
हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् | मुलुकमा बसोबास गर्ने सबै जातजातिको धर्म संस्कार संस्कृति, चाडपर्वलाई संरक्षण तथा प्रवर्द्धन गर्नु सरकार, राजनैतिक दल, नागरिक समाज लगाएत सबैको प्रमुख दायित्व भएको बताएका छन् ।
FB_IMG_16130596653197200.jpg FB_IMG_16130597243837797.jpg  
FB_IMG_16130596722787841.jpg

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ०८:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।