Logo

प्रदेश

म्याद सकिएका पास नविकरण गर्नु नपर्ने, यसअघिकै पासलाई मान्यता दिने



सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो ।

यी पास नवीकरण गरिरहनु नपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । यसअघि जारी भएका ७ दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने प्रशासनले जनाएको छ ।

अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १५:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।