Logo

अचम्म

दक्षिण अफ्रिकामा आधिकारिक शैतान चर्चको स्थापना



दक्षिण अफ्रिकामा पहिलो आधिकारिक शैतान चर्च स्थापना भएको छ । शैतान धर्म मान्नेहरुका लागि दक्षिण अफ्रिकाले शैतान चर्च स्थापना गरेको हो । उक्त चर्चले गत फेब्रुअरीमा आधिकारिता पाएको थियो ।

शैतान धर्मको विषयमा जानकारी र ज्ञान प्राप्त गराउन चर्चको स्थापना गरिएको हो । आधीकारिक रुपमा स्थापना गर्न चार वर्ष लागेको चर्चका संस्थापकले जनाएका छन् ।

शैतान धर्मले मानिसलाई स्वतन्त्र र निर्धक्क बनाउने कारण संस्थापकले आधीकारिक रुपमा चर्च स्थापना गरेको जनाएका छन् । अरु धर्मले भने मानिसलाई डरको दायरामा राख्ने गर्छ भन्ने टिप्पणी संस्थापकले गरेका छन् । शैतान धर्मलाई विकास गर्न एक सानो प्रयास रहेको संस्थापकले जनाएको छ ।

छिमेकी मुलुक जिम्बाव्वेमा शैतान धर्म र बोक्सी पाठ गर्न गैर कानुनी रहेको छ । शैतान धर्मको विकासमा ठूलो प्रयासको आवश्यकता रहेको जनाइएको छ । उक्त धमैले पछि निरन्तरता पाउने आश संस्थापकले देखाएको छ । स्थापति गसिरएको चर्चमा सदस्यको बृद्वीगर्न निरन्तरता दिइने र अन्य मुलुमा समेत यसको शाखा फैलाउने योजना संस्थापकको रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।