Logo

अर्थ

६ महिनादेखि बन्द रसुवागढी नाका खुल्यो



कोरोना भाइरसका कारण बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आएको छ । ६ महिनासम्म बन्द रहेको नेपाल–चीन रसुवागढी नाका सोमबारबाट एकतर्फी सञ्चालनमा आएको हो ।

चीनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारले जानकारी दिएको छ।

चीनबाट नेपालमा सामान आउने तर, नेपालबाट चीनमा कुनै पनि सामान नजाने हिसावले दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुलेको हो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १२:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।