Logo

प्रदेश

सिन्धुपाल्चोकमा पहिरो: कम्तीमा ३ को मृत्यु, १९ बेपत्ता



सिन्धुपाल्चोकको बार्‍हबिसे नगरपालिका ६ र ८ को जबमु मानेश्वारामा पहिरो जाँदा कम्तीमा ३ जनाको ज्यान गएको खबर प्राप्त भएको स्थानीय सिन्धु एफ एमका सञ्चारकर्मी टीका दाहालले जानकारी दिए ।

पहिरोले करिब १७ घर बगाउँदा कम्तीमा १९ जना बेपत्ता भएको समेत उनले जानकारी दिए । घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको छ । एक बच्चा र एक वयश्कको शव भेटिएको जनाइएको छ । बेपत्ताको खोजीका लागि प्रयास भइरहे पनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको जनाइएको छ ।

बुधबार मध्यरातमा गाउँमाथिबाट पहिरो खस्दा घरहरु बगाएको हो । यस्तै बाह्रबिसे–३ मा खाडदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बाढीले भोटेकोशीको पुल पनि बगाएको छ । यस्तै अरनीको राजमार्गका विभिन्न ठाउँमा बाटो नै बगाएको प्रहरीले जनाएको छ । केही गाडी पनि बाढीले बगाएको छ । मानवीय क्षतिबारे अहिले नै भन्न नसकिने समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार ०८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।