Logo

प्रदेश

सिन्धुपाल्चोक पहिरो अपडेट : दुई जनाको शव भेटियो, २३ बेपत्ता



सिन्धुपाल्चोकको बार्‍हबिसे नगरपालिकामा बुधबार राति गएको पहिरोमा परि ज्यान गुमाएका २ जनाको शव फेला परेको छ ।

पहिरोमा परेका २३ जनाको अवस्था अहिलेसम्म अज्ञात छ । पहिरोमा परि ज्यान गुमाउनेमा जम्बु निवासी निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार खाँदखोला र जम्बुमा गरेर २३ जना सम्पर्क बिहिन छन् । जसमध्ये जम्बुका १९ र खाँदखोलाका ४ जना अहिलेसम्म सम्पर्क बिहिन छन् ।

प्रतिकुल मौसम तथा भौगोलिक अवस्थाका बाबजुद घटनास्थलमा प्रहरी पुगीसकेको तथा उद्दारको काम समेत सुरु भै सकेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।