Logo

अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो



नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको , डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँले बढाएको छ।

अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ

।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार २०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।