Logo

अर्थ

साउनबाट बैंकहरुले नै निक्षेपको ब्याज निर्धारण गर्न पाउने



साउन १ गतेबाट बैंकहरुले आफै निक्षेपको ब्याज निर्धारण गर्न पाउने भएका छन् । नेपाल बैंकर्स संघको सम्पूर्ण बैंकको प्रमुख कार्यकारि अधिकृतहरुले उक्त निर्णय गरेका हुन । संघको यो निर्णयसँगै दुई वर्षदेखि निक्षेपको ब्याज दरमा गरिएको भद्र सहमति खारेज भएको छ । अब ब्याज निर्धारण गर्ने जिम्मा स्वयम् बैंकहरूलाई भएको संघकाले जानकारि दिएको छ ।

अब बैंकहरूले आफ्नो अनुकूलताअनुसार साउन १ गतेबाट नयाँ ब्याज दर निर्धारण गर्न सक्नेछन् । आज सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरूबीच भएको छलफलमा ब्याज निर्धारण गर्ने जिम्मा अब बैंकहरूलाई छाडिएको छ । अहिले बैंकिङ प्रणालीमा फालाफाल तरलता भएकोले स्वतफूर्त रुपमा बैंकहरूलाई निक्षेपको ब्याजदर आफै निर्धारण गर्न सकिने सहमति गरिएको हो ।
बैंकरहरुले तरलता बढी भएको भन्दै ब्याज दर घटाउनु पर्ने धारणा राख्दै आएका थिए । संघले सर्वसाधारण निक्षेपकर्तालाई मार नपर्ने गरी ब्याज घटाउन बैंकहरुलाई नै छाडिदिएको हो । संघमा भएको छलफलमा बैंकर्सहरूबीच मूल्यवृद्धिलाई ध्यानमा राखेर ब्याज निर्धारण गर्न सझाइएको छ ।

अहिले करिबसाढे ६ प्रतिशतको मूल्यवृद्धि रहेको छ । यसो हुँदा बैंकहरूले मुद्दती निक्षेपको ब्याज दर साढे ६ प्रतिशतको हाराहारीमा राख्नुपर्ने हुन्छ । बचतको ब्याज दर त्यो भन्दा तल अर्थात ४ प्रतिशतको हाराहारीमा राख्नुपर्ने हुन्छ । मुद्दती र बचत खाताबीच दुई प्रतिशत बिन्दुसम्मले मात्र ब्याज अन्तर हुनुपर्ने व्यवस्थाका कारण बचतको न्यूनतम ब्याज २ प्रतिशतमा झर्न सक्नेछ ।

पछिल्लो समय अधिकांश बैंकहरूले ५ प्रतिशतको हाराहारीमा ब्याजदर निर्धारण गरेका छन् । यसअघि निक्षेपको ब्याजदर १३ र १४ प्रतिशतसम्म पुगेपछि अर्थमन्त्रालय र राष्ट्र बैंकको हस्तक्षेपमा बैंकहरुले ब्याजदरका सम्बन्धमा भद्र सहमति गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।