Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



 

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिको परीक्षणमा काठमाडौं उपत्यकाका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका पाँच जना, ललितपुर र भक्तपुरका दुई–दुई जना रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार २ सय ४१ पुगेको छ। संक्रमितमध्ये हालसम्म १२ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १७:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।