सुनको भाउले फेरि नयाँ रेकर्ड जारी गरेको छ । यसैक्रममा सोमबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९७ हजार ६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।
चाँदी भाउ पनि अहिलेसम्मकै उच्च अर्थात १२ सय १० रुपैयाँ पुगेको छ । आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको थियो ।






















प्रतिक्रिया