मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ । यस्तै, सुन चाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य पनि ७०० रुपैयाँले नै बढेर ९७ हजार ७६० रुपैयाँ पुगेको छ ।
यता चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य ९७ हजार ६० रुपैयाँ थियो । चाँदीको भाउले पनि दैनिक नयाँ रेकर्ड कायम गर्दै १२ सय १० रुपैयाँ पुगेको छ ।





















प्रतिक्रिया