Logo

कर्पोरेट फोकस

अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने



अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटबाटै रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको छ ।

बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था रहेकोमा त्यो ब्यवस्थाको सट्टा यस्तो व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक परिपत्र जारी गर्दै विदेशबाट डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने ब्यवस्था कायम गरिएको हो ।

जसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुले विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आवद्ध हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार ११:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।