विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । फ्रन्ट लाइनमा रहेका चिकित्सक, सुरक्षाकर्मी लगायत सर्वसधारणहरु कोरोना भाइरसका सिकार बनिरहेका छन् ।
पछिल्लो समय पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबार साँझ गरिएको परिक्षणमा ६ चिकित्सक सहित १५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका १ सय ५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । यो सँगै पर्सामा संक्रमितको संख्या १४ सय ७४ पुगेको छ ।





















प्रतिक्रिया