तराईका बारा, पर्सा र रौतहटमा एकै दिन १५६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परिक्षणमा ९ जना बारा, ५ जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् ।
प्रयोशाला स्रोतका अनुसार ३४ महिलासहित १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक पनि संक्रमित भएका छन् । जस मध्ये ५ जना संञ्चारकर्मी समेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवाजीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा,सुख्खा बन्दरगाहका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ । वीरगन्ज महानगरपालिका– १४ पिप्रामा १६ जना र छपकैयामा १० जना संक्रमित थपिएका छन् ।





















प्रतिक्रिया