Logo

प्रमुख समाचार

लघु कथा : शिक्षक र विद्यार्थी



पाठशालामा पठनपाठन चलिरहेको समयमा एक जना विद्यार्थीले आफ्नो हातमा लगाएको घडी हरायो भनेर गुरुलाई गुनासो गरेछ । निन्याउरो भएको विद्यार्थीको कुरा सुनेर अचम्म पर्दै शिक्षकले विद्यार्थीलाई भनेछन्,।

‘बाबू तिमीले आफ्नो झोला राम्रोसगँ चेक गर । ‘यताउता परेको पनि हुनसक्छ । ‘यस्तो समुहमा कहिलेकाही अल्मलिएको पनि हुनसक्छ ।’ शौचालयतिर जाँदा या हातमुख धुँदा खोलेर कतै राखेको पनि हुनसक्छ भनेर सम्झाए छन् । सम्झाउदा पनि नमानेपछि शिक्षकले विद्यार्थीलाई भनेछन्,।

‘आफ्नो थैलीको मुख राम्रोसगँ बाध्नु, साथीलाई चोरदोष नलगाउनु भन्छन् बुढापाकाहरूले १ू विद्यार्थीको गुनासो सुन्दै घोरीएका शिक्षकले एकछिनपछि पाठशालामा भएका सबै विद्यार्थीहरूलाई चौरतिर लगेर आँखामा कालो पट्टी बाँधेछन् ।  सबै विद्यार्थीको आँखामा पट्टी बाँधिसकेपछि शिक्षक स्वयंले पनि कालो पट्टी बाँधेर सबै विद्यार्थीको ब्याग र खल्ती एक,एक गरि आफैंले छामे छन् ।

छाम्दै जाँदा कुनै एउटा विद्यार्थीको खल्तीमा घडी भेटिएछ । तर सबैको चेकजाँच नसकि भेटिएको घडीको बारे बताएन छन् । भेटीएको घडी हातमा सुरक्षित बोकेर पहिले आफ्नु पट्टी खोले छन् । आफ्नु पट्टी घोलिसके पछि एकएक गर्दै सबै विद्यार्थीको पट्टी खोलिदिए र आफुले भेटेको घडी हातमा राखेर देखाउदै हराउने विद्यार्थीलाई छेउमा बोलाएर घडी विद्यार्थीको हातमै लगाइ दिएछन् ।

समय बित्दै गयो । केही वर्षपछि शिक्षक पेसाबाट निवृत्त भए । निवृत्त भएको पनि केहि वर्ष काटी सकेका शिक्षकको घरमा एकदिन एकजना शक्ति र पदले माथिल्लो ओहोदामा रहेका नव धनाड्य घरको छेउतिर आउदै गरेको देखेर शिक्षक छक्क परेर हेरिरहे छन् । बिस्तारै बिस्तारै ती मानिस आफ्ना सुरक्षाका लावालस्कर सहित निकै महँगो गाडीमा बसेर आफ्नै झुपडीतिर छिर्न लागेको देखेर उनी आश्चर्यमा परे । आश्चर्य लागे सगैं उनको मन त्यति नै डराए छ।

अहिलेसम्म कसैको केही नविराएका ती निवृत्त शिक्षक सम्पन्नता भित्रको अपराध, अमानवीय प्रवृत्ति र शक्ति र पदको दुरुपयोग सम्झेर कतै आफैंलाई दशा लागेको त हैन भन्दै झसङ्ग भएर आफू होसमा हो कि विहोसमा भनेर आफैंलाई छाम्न थालेछन् ।

आफ्नु मासु आफैं चिमोटे, दुखेको अनुभुती भएपछि आफू ठिक सन्चै छु, भ्रम होइन भन्ने ठाउँमा पुगे । आफुले कुनै गल्ती गरेँ कि रु भनेर सोच्दा सोच्दै आतिएर दुई पटक पानी पिए तर पनि मन शान्त भएन् । निवृत्त माष्टरले डराएको मन डराएरै भएपनि बलियोसथँ बाँधे। यताउता गर्दा गर्दै त्यो मानिस मास्टरको नामै लिएर छिमेकीको घरैमा सोधि खोजी गर्न थालेको सुने । त्यो मानिस सहितको डफ्फाले बिस्तारै आफ्नै घरभित्रका सबैलाई सोध्न थाले ।

निवृत्त शिक्षक आफैं अघि सरेर छक्क पर्दै सोध्यो,
तपाईंको परिचय पाउँ न ?

किन मलाई खोज्नु भएको ?

‘यता बसौं अनि कुरा गरौं न !

भन्दै शिक्षक बस्ने गुन्द्री , मुडा खोज्न थाले ।

त्यो नव धनाड्य सेवा निवृत्त शिक्षकको छेउमा बस्न गयो र प्रणाम गर्यो ।

भित्रबाट चिहाउदै गरेकी पत्नी अनुसुयाले डराउदै डराउदै सुराइमा राखेको पानी सारेर सबै पाहुनाको सत्कार गरिन् । पानीको गिलास भुइँमा राखेर त्यो नव धनाड्यले गुरूआमा भन्दै अनुसुयालाई पनि प्रणाम गर्यो । प्रणाम गरिसकेपछि पुराना कुरा सम्झाउदै निवृत्त शिक्षकको खुट्टा छुन पुग्यो । खुट्टा छुन आएको देखेर शिक्षकले हतारिदै आफ्ना खुट्टा ताने र आफुलाई पाप नबोकाउन अनुरोध गरे ।

नव धनाड्यको बानी व्यवहार र शिष्टता देखेर शिक्षकका जोइपोई नै अचम्म पर्दै कुरा सुनी रहे । अपरिचित व्यक्ति विस्तारै परिचित जस्तो लाग्दै थियो ।
नयाँ अतिथिले भन्यो ,

‘सरले विद्यालयमा पढाउँदै गर्दा मैले साथीको घडी चोरेको कुरा सबैलाई भनिदिएको भए ,त्यहीँ बेला मेरो मन दुख्थ्यो होला, मन दुखेर, अपमानित भएको महसुस भएर मैले विद्यालय छोड्ने मात्रै होइन आत्महत्या नै गर्ने थिएँ कि ! के भन्न सकिन्छ र ?

‘तपाईले मेरो किशोर अवस्थाको त्यो गल्तीलाई हामी कसैले थाहा नपाउने गरि मेरो मनोविज्ञान बदलेर चोरेको घडी फिर्ता गराउनु भयो । त्यहि उपचार र उत्प्रेरणले नै आज म यो पदमा पुगेँ , यतिको धन आर्जन गर्न सकेँ ।’

भन्दै च्याप समातेर पुन स् प्रणाम गर्दै र‍ोयो ।

गुरु बोल्नै नसकेर ट्वाल्ल परेर हेरिरहे । शिक्षकलाई शिष्यले भनेको कुरा सत्य हो कि झुट छुट्याउन हम्मे,हम्मे पर्यो । निकैबेर अलमल्ल परेका गुरु र शिष्य दुबैले मुखामुख गरे । शिष्यले उठेर गुरूतिर हेर्दा गुरूका आँखाबाट खसेका बलेन्द्र आँशुका धारा पुछिदियो । गुरूका आँखामा आँसु देखेपछि भक्कानिएको शिष्य पनि गुरूलाई अँगालो हालेर मनभरि रोयो । छेउमा उभिएकी गुरूपत्नी पनि रोइरहेकी देखेर वरिपरि बसेका सबैको अनुहार भावविह्वल भएको थियोे ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १३:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।