Logo

प्रमुख समाचार

वीरगन्जमा थप एक जना कोरोना सक्रमितको मृत्यु



वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइबार बिहान रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय युवकको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मधुमेहका बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ । शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाएका छन् । उनको कोरोना परिक्षण गराउँदा पोजेटिभ देखा परेको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १०:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।