बैंकका कर्मचारीको गत वर्षको बोनस घटेको छ । वाणिज्य बैंकका कर्मचारीले गत बर्षको बोनस मात्र ८ अर्ब ५७ करोड १४ लाख मात्र पाउने भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा कर्मचारीले १० अर्ब ३६ करोड १७ लाख रुपैया बोनस पाएका थिए । यो कोरोना भाइरसले समग्र अर्थतन्त्रममा पारेको प्रभाव हो ।
बोनस ऐनअनुसार कुनै पनि रोजगारदाता प्रतिष्ठानले वार्षिक करपछिको खुद नाफाको १० प्रतिशत कर्मचारीलाई बोनस वितरण गर्नुपर्र्ने हुन्छ । सोही अनुसार बैंकहरुले बोनस वितरण गर्छन् । जसअनुसार बैंकहरूले गत आवको नाफाबाट कर्मचारीलाई ८ अर्ब ५७ करोड रूपैयाँ बोनस वापत छुट्याएका हुन् । यो रकम पुनः लेखापरीक्षण गर्दा हेरफेर हुन पनि सक्छ ।
गत आर्थि वर्ष ०७६÷७७ मा बैंकहरुले आसत लाभांस ११.३२ मात्र कमाएका छन्।
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकले कर्मचारीलाई वितरण गर्ने बोनसको हकमा अघिल्लो वर्षको तुलनामा गत वर्ष घटाएका छन्। तर, सेञ्चुरी बैंकले भने ४.४६ प्रतिशत अर्थात ६१ लाख रुपैयाँ बराबर बोनस रकम बढाएको छ। बैंकले अघिल्लो आवमा कर्मचारीलाई १३ करोड ८१ लाख रुपैयाँ बोनस वितरण गरेकोमा गत आवको नाफाबाट १४ करोड ४२ लाख रुपैयाँ कर्मचारीलाई बोनस रकम छुट्याएको हो ।
सिभिल बैंकले गत वर्षको बोनस ४१.८३ प्रतिशतले घटाएको छ। अघिल्लो आवमा १२ करोड ३१ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेकोमा गत आवको नाफाबाट बैंकले ७ करोड १६ लाख रुपैयाँ बोनस वापत छुट्याएको हो। जुन अघिल्लो आवको तुलनामा ५ करोड १५ लाख कम हो ।
त्यस्तै नेपाल एसबिआई बैंकले ३३.३२ प्रतिशत बोनस घटाएको छ। अघिल्लो आवको नाफाबाट ३७ करोड रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेकोबैंकले गत आवको नाफाबाट कर्मचारीलाई २४ करोड ६७ लाख रुपैयाँमात्र बोनसवापत छुट्याएको छ ।
सिटिजन्स बैंकले अघिल्लो आवको नाफाबाट कर्मचारीलाई २४ करोड ३६ लाख रुपैयाँ बोनस वितरण गरेकोमा गत आवको नाफाबाट बैंकले कर्मचारीलाई १७ करोड ५२ लाख रुपैयाँ बोनसवापत छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २८.०७ प्रतिशत अर्थात् ६ करोड ८४ लाख रुपैयाँ कम हो ।
अघिल्लो आवमा २६ करोड २३ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको नेपाल बंगलादेश बैंकले गत आवको नाफाबाट १९ करोड ५६ लाख रुपेयाँ मात्र बोनस वापत छुट्याएको छ । जुन आघिल्लो आवको तुलनामा २५.४२ प्रतिशत अर्थात् ६ करोड ६७ लाख रुपैयाँ कम हो ।
त्यस्तै माछापुच्छ्रे बैंकले अघिल्लो आवमा बैंकले २७ करोड २० लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेकोमागत आर्थिक वर्षको नाफा २० करोड ५१ लाख रुपैयाँ छुट्याएको छ। जुन अघिल्लो आवको तुलनामा २४.५९ प्रतिशत अर्थात् ६ करोड ६९ लाख रुपैयाँ कम हो।
गत आवमा सानिमा बैंकले नाफाबाट कर्मचारीलाई २६ करोड ८७ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २४.४५ प्रतिशत अर्थात् ८ करोड ६९ लाख रुपैयाँ कम हो । सानिमा बैंकले अघिल्लो आवमा नाफाबाट ३५ करोड ५६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो ।
गत आवको नाफाबाट बैंक अफ काठमाण्डूले २३ करोड ६४ लाख रुपैयाँ मात्र कर्मचारीलाई बोनस वापत छुट्याएको छ। जुन अघिल्लो आवको तुलनामा २४.१६ प्रतिशत अर्थात् ७ करोड ५३ लाख रुपैयाँ कम हो। अघिल्लो आवमा बैंक अफ काठमाण्डूले ३१ करोड १७ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो ।
प्रभु बैंकले बैंकले गत आवको नाफाबाट कर्मचारीलाई २२ करोड ९६ लाख रुपैयाँ बोनसवापत छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २३.६९ प्रतिशत अर्थात् ७ करोड १३ लाख रुपैयाँ कम हो । अघिल्लो आवमा ३० करोड १० लाख रूपैयाँ बोनस वितरण गरेको थियो ।
सनराईज बैंकले पनि अघिल्लो आवको तुलनामा २२.९२ प्रतिशतले बोनस घटाएको छ। अघिल्लो आवमा सनराइज बैंकले कर्मचारीलाई २८ करोड ४३ लाख रुपैयाँ बोनस बाँडेको बैंकले आवको नाफाबाट बैंकले कर्मचारी वोनसवापत २१ करोड ९१ लाख रुपैयाँमात्र छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड ५१ लाख रुपैयाँ कम हो ।
कृषि विकास बैंकले अघिल्लो आवमा बैंकले ६४ करोड ६७ लाख रुपैयाँ कर्मचारीलाई बोनश वितरण गरेकोमा गत आवको नाफाबाट कर्मचारीलाई ५० करोड ३५ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १४ करोड २२ लाख रुपैयाँ अर्थात् २१.९८ प्रतिशत कम हो ।
नेपाल इनभेष्टमेन्ट बैंकले कर्मचारीलाई अघिल्लो आवमा ५१ करोड ६ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट भने ४० करोड ३६ लाख मात्र बोनस वितरणका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २०.९५ प्रतिशत अर्थात् १० करोड ७० लाख रुपैयाँ कम हो ।
एनसीसी बैंकले अघिल्लो आवमा २४ करोड रूपैयाँ बोसन बाँडेकोमा गत आवको नाफाबाट कर्मचारीलाई अघिल्लो आवको तुलनामा १९.२६ प्रतिशत अर्थात् ४ करोड ६२ लाख रुपैयाँ घटाई १९ करोड ३७ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ ।
यसैगरी, स्ट्याण्टर्ड चार्टर्ड बैंकले कर्मचारीलाई ३८ करोड ६४ लाख रुपैयाँ बोनस वितरण गरेको थियो। गत आवको नाफाबाट बैंकले ३१ करोड ४७ लाख रुपैयाँ कर्मचारीलाई बोनसवापत वितरण गर्ने भएको छ । जुन अघिल्लो आवको तुलनामा १८.५६ प्रतिशत अर्थात् ७ करोड १६ लाख रुपैयाँ कम हो ।
एभरेष्ट बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ३९ करोड ६८ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ। जुन अघिल्लो आवको तुलनामा १७.९१ प्रतिशत अर्थात् ८ करोड ६६ लाख रूपैयाँ कम हो । अघिल्लो आवमा बैंकले ४८ करोड ३५ लाख रुपैयाँ कर्मचारीलाई बोनश वितरण गरेको थियो।
नेपाल बैंकले अघिल्लो आवमा ५१ करोड ४२ लाख रूपैयाँ बोनस बाँडेको थियो । तर बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई ४२ करोड ६९ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १७ प्रतिशत अर्थात् ८ करोड ७२ लाख रुपैयाँ कम हो ।
नबिल बैंकले पनि अघिल्लो वर्षको तुलनामा १६.४१ प्रतिशत अर्थात ११ करोड ११ लाख रुपैयाँ बोनस कम गरेको छ। अघिल्लो आवमा कर्मचारीलाई ६७ करोड ७३ लाख रुपैयाँ बोनस वितरण बैंकले गत आवको नाफाबाट भने ५६ करोड ६१ लाख रुपैयाँ मात्र बोनस छुट्याएको छ ।
हिमालयन बैंकले अघिल्लो आवमा बैंकले ४५ करोड ८ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेकोमा आवको नाफाबाट कर्मचारीलाई ३८ करोड ८३ लाख रुपैयाँ बोनस छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १३.८६ प्रतिशत अर्थात् ६ करोड २५ लाख रूपैयाँ कम हो।
बैंकलेअघिल्लो आवमा कर्मचारीलाई २७ करोड २८ लाख रुपैयाँ बोनस बाँडेको थियो । तर बैंकले गत आवको नाफाबाट कर्मचारीको वोनसका लागि २३ करोड ९५ लाख रुपैयाँमात्र छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १२.१८ प्रतिशत अर्थात् ३ करोड ३२ लाख रुपैयाँ कम हो ।
अघिल्लो आवमा कर्मचारीलाई ७८ करोड ७५ लाख रुपैयाँ बोनस वितरण गरेको राष्ट्रिय वाणिज्य बैंकले पनि गत आवको नाफाबाट बैंकले ७० करोड ३४ लाख रुपैयाँ कर्मचारीलाई बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १०.६८ प्रतिशत अर्थात् ८ करोड ४१ लाख रुपैयाँ कम हो ।
कुमारी बैंकले अघिल्लो आवमा २१ करोड ५० लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेकोमा बैंकले गत आवको नाफाबाट कर्मचारीलाई १९ करोड ७३ लाख रुपैयाँ बोनस छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ६.७५ प्रतिशत अर्थात् १ करोड ७७ लाख रूपैयाँ कम हो।
अघिल्लो आवमा एनआइसी एशिया बैंकले कर्मचारीलाई ५० करोड रुपैयाँ बोनश वितरण गरेकोमा गत आवको नाफाबाट बैंकले ४९ करोड २२ लाख रुपैयाँ कर्मचारीलाई बोनशका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १.५५ प्रतिशत अर्थात् ७७ लाख रुपैयाँ कम हो ।
ग्लोवल आइएमई बैंकले गत आर्थिक वर्षमा जनता बैंकलाई मर्ज गरेको थियो । ग्लोवल बैंकले तत्कालीन जनता बैंकका कमर्चारीलाई सहित गरी कुल ७१ करोड ७ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ४८ करोड ३० लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ३२ प्रतिशत अर्थात् २२ करोड ७७ लाख रुपैयाँ कम हो।
अघिल्लो आवमा कर्मचारीलाई ३७ करोड १ लाख रुपैयाँ बोनस वितरण गरेकोमा बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ३३ करोड ६२ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ। जुन अघिल्लो आवको तुलनामा ०.०९ प्रतिशत अर्थात् ३ करोड ३८ लाख रूपैयाँ कम हो।
प्राइम कमर्सियल बैंकले अघिल्लो आवमा ३६ करोड ३६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट कर्मचारीलाई ३६ करोड ३३ लाख रुपैयाँ बोनस वितरणका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ०.०८ प्रतिशत अर्थात् ३ लाख रूपैयाँ मात्रै कम हो ।
एनएमबि बैंकले गत वर्षको बोनस ८.४२ प्रतिशत अर्थात ३ करोड ७ लाख रुपैयाँ घटाएको छ। अघिल्लो आवमा ३६ करोड ४२ लाख रुपैयाँ बोनस वितरण गरेकोमा बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ३३ करोड ३५ लाख रुपैयाँ बोनशका लागि छुट्याएको छ ।
लक्ष्मी बैंकले अघिल्लो आवमा २५ करोड १ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेकोमा गत आवको नाफाबाट कर्मचारीलाई २३ करोड ४९ लाख रुपैयाँ बोनस वितरणका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ६.०६ प्रतिशत कम हो।





















प्रतिक्रिया