Logo

अर्थ

बजारमा चर्चा बटुल्दै सिजिको टिसिएल (भिडियाे)



चाईनिज मल्टीनेशनल कम्पनीको टिसिएल ब्रान्डका प्रोडक्टहरु चौधरी ग्रुपले नेपालमा विस्तार गरेको छ। विगत ७-८ वर्षदेखि बजारमा आएका टिसिएल ब्रान्डका प्रोडक्टहरु अहिले भने बजारमा झन् चर्चामा छन् ।

टिसिएल प्रोडक्टहरुमा (टेलिभिजन, वासिङ्ग मेसिन एसि) लगायतका प्रोडक्टहरु रहेका छन् । अहिले पछिल्लो समय सिजिले ‘फार फिल्ड भ्वाईस असिस्टेन्ट’ सहितको टिभि लञ्च गरेपछि भने यसले विशेष चर्चा पाएको हो ।

यो टिसिएलले १ मिटरको डिस्टेन्समा टिभिको स्क्रीनबाट भ्वाईस डिडेक्ट गर्छ । जसबाट प्रयोगकर्ताले च्यानल चेन्ज गर्नु परेमा वा मौसम थाहा पाउनु परेमा अर्थात केहि चाहिएमा सटेन इन्ट्रक्सन (छोटो संकेत) दिनुपर्दछ । आफ्नो डिमान्ड एक मिटरको दूरी भित्रबाट बोलिसकेपछि टिभिमा अटोमेटिक आउँछ । यसबाट प्रयोगकर्ताले कुनैपनि ठाउँको वेदर रिपोर्ट तथा आफ्नो फ्लाईटको तालिका देखि लिएर सबै कुरा फार फिल्ड भ्वाईस कन्ट्रोलको थ्रुबाट हेर्न सकिने व्यावस्था रहेको छ ।

कम्पनी स्रोतका अनुसार ‘यसको अर्काे विशेषता भनेको यो फेजन लेस टिभि हो । यो हेर्दा पनि एकदम पातलो तथा प्रिमियम देखिन्छ । यसमा जापानीज टेक्नोलोनिको ओन क्यू भन्ने अडियो सिस्टम रहेको छ । सी —६ मा भने हार्माेन कार्डाेन रहेको छ । डल्भी फिजन फिचर्स पनि यसमा समावेश रहेको छ ।’

सामान्यतया अरु टिभीमा भएका सबै कुराहरु यसमा हुन्छन्, र यसको थप विशेषता फार फिल, फेजन लेस, र अडियो सिस्टम रहेको ब्राण्ड म्यानेजर कुशलराज गौतमले बताए ।

सुरुमा २४ इन्च देखि ४३ इन्चससम्म नर्मल रेन्चका टिभिहरु लिएर सुरु गरेको सिजिले अहिले ७५ इन्चसम्म विस्तार गरिसकेको छ ।

म्यानेजर गौतमले अहिले बजारमा नयाँ सि—६ र सि —८ ल्याएको बताए । उनले भने ‘अहिले आएर हामीले रेञ्ज बढाउँदै जाँदा टिभिको पिक्चर देखि लिएर साउण्ड सिस्टम समेतमा क्वालिटि हेरेर मागअनुसार नेपाली बजारमा लेटेस्ट सी—६, र सी—८ ल्याएका हौँ । सी—६ भन्दा पनि सी—८ मोडेल अझ अपग्रेट रहेको छ । यो ५५ र ७५ इन्चको साईजमा पाईन्छ ।’ गौतम भन्छन्, ‘पछिल्लो समयमा धेरै उपभोत्ताहरु टेक फ्रि टेक्नीकल रुपमा धेरै सक्षम भएपछि त्यहि अनुसार माग गर्दै आएको पाईएको छ, बजारमा ग्राहकको मागलाई मध्यनजर गर्दै हामी प्रोडक्ट अपग्रेट गरिरहेका छौँ ।’

सिजिले हालसालै 4K TCL लञ्च गरेको छ । नेपाली बजारमा नयाँ नै भएपनि सजिलै बजार पाउने कुरामा ढुक्क रहेको डेपुटि म्यानेजर प्रभात बराल बताउँछन् । अहिले १ सय ६० भन्दा बढी डिलरहरु रहेको र यसबाट सजिलै बजारमा प्रमोट गर्न सकिने उनको भनाई छ ।

कोरोना माहामारीको बेलामा पनि ग्रूपले डिजिटल कारोबार मार्फत बजार चलाएमान नै राखेको छ। कम्पनीको ई—कमर्स प्लेटर्फर रहेको छ, यसबाट ग्राहकले अलाइन अर्डर गरेपछि होम डेलिभरिका व्यावस्था गरेका छ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।