Logo

अर्थ

भारत लग्दै गरेको ४ सय २५ केजी मटर बरामद



महोत्तरी । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४ सय २५ किलोग्राम मटर बरामद गरेको छ । महोत्तरी प्रहरीले आज बिहान सोही मटर बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र सीमा नजिकै रहेको एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १ सय ७५ किलोग्राम मटर बरामद गरिएको हो ।

दुवै स्थानमा १७ वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएको ती मटर प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु प्रहरीलाई देखेर भागेका छन् । बरामद मटर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ । पछिल्ला दिनमा महोत्तरीको सीमा भएर नेपालबाट भारततर्फ मटर चोरी निकासी हुने क्रम निक्कै बढेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १३:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।