Logo

बैंकिङ

अप्पर खुदी आयोजनामा लगानी जुट्यो, बिओकेको अगुवाइमा ४ अर्ब १९ करोड लगानी



२१.२१ मेगावाट क्षमता रहेकाे अप्पर खुदी जलविद्युत आयोजनामा ४ अर्ब १९ करोड रूपैयाँ लगानी जुटेकाे छ ।  बैंक अफ काठमाण्डू (बिओके) र सुपर खुदी जलविद्युत प्रा. लि. बिच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा आज (फागुन १० गते) हस्ताक्षर भएको छ ।

बैंक अफ काठमाण्डूको अगुवाइमा रहेको उक्त सहवित्तियकरणको सदस्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक नेपाल तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेका छन् ।

उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ ।

सुपर खुदी जलविद्युत प्रा. लि. ले लमजुङ जिल्लाको मर्स्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

साथै, यस सहवित्तियकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बिओकेले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै, उर्जा क्षेत्रमा बिओकेको सम्लग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ०९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।