Logo

अर्थ

सेयर बजारको आज पनि उकालो यात्रा, २१ अंकले बढेर बन्द भयो



सेयर बजारमो मापन गर्ने नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा २१.२६ अंकले बढेर बन्द भएको छ । ११ बजे १४१३.१० को बिन्दुबाट सुरु भएको कारोबारको अन्त्य समयमा आईपुग्दा १४३१.६० को बिन्दुमा पुगेको छ ।

दिनभर कारोबार भएका १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २७ हजार ५६६ पटक खरिद विक्री हुदाँ २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटेल बाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि १५.८२ अंकले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.९० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यसको भाउ २.२५ प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १६:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।