वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीको टोलीद्धारा आज थोक तरकारी बजार अनुगमन सम्पन्न भएको छ । टोलीद्धारा बिहान ५:३० देखि ८:३० सम्म मध्यपुर ठीमि स्थित अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सञ्चालन गरेका पसल, हरित सामुदायिक कृषि बजार तिनकुनेका पसल र काठमाडौँ नरेपाँटस्थित थोक तरकारी वजारस्थितका पसल अनुगमन गरिएको छ ।
कोरोना संक्रमणको समयमा थोक तरकारी बजार कसरी सञ्चालन भएका छन् र कसरी व्यवथित तवरबाट सञ्चालन गर्ने सकिन्छ भनेर अनुगमनमा गरिएको महानिर्देशक सुवेदी जानकारी गराए । साथै पसलहलाई व्यवस्थित गर्न विभिन्न कवुलहरु समेत गराएको उनले बताए ।
कवुलहरुः
कोभिड १९ सँग सम्वन्धित स्वास्थ्यको मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न
पसल वा व्यवसाय दर्ता गर्न वाँकी भएकोमा २ महिनाभित्र सम्पन्न गर्न
पसल कवलको परिचय खुल्ने गरी व्यवसाय गर्न र विलविजक जारी गर्न
समग्रमा देखिएको अवस्थाः
गोलभेडाको उत्पादन नै कम भएको हुँदा टनेलको गोलभेडा पूर्ण तयारी नहुने समयमा महँगो पर्ने
किसान वा किसानहरुको समूहसँग तरकारी लिई थोकवजारसम्म पुर्याउने ढुवानी कर्ता कहिँ १ कहीँ २ सम्म तह हुनेगरेको तर त्यो तहको पहिचान नरहेकोले सो सम्वन्धमा सम्वाद गरी नियमन गरिनुपर्ने
थोक तरकारी वजार र खुद्रा तरकारी वजारवीचको मूल्य अन्तर सम्वन्धमा थप अध्ययन र निगरानी गर्नुपर्ने ।
विभागले अवलम्वन गर्ने रणनीतिः
बजारको तह र मूल्य निर्धारण मापदण्ड समेत तयारीको क्रममा रहेको र किसान एवं उपभोक्ता मार पर्ने संभावनालाई दृष्टिगत गरी विभागले बजार अध्ययन र अनुगमनमा सकृयता वढाउने ।
यस कार्यमा अन्य विभाग र पक्षको समेत सहयोगरसमन्वय आवश्यक पर्ने ।
फोटो फिचर:



























प्रतिक्रिया