Logo

अर्थ

ग्लोबल आईएमईले मर्जरको बाटो तय गर्दै, ३ सदस्यीय समिति गठन गर्यो



ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था मर्जर तथा पाप्तीको बाटो तय गरिरहेको छ । मर्जरको प्रक्रियामा अगाडि बढेको ग्लोबलले मर्जरको लािग तीन सदस्यीय समिति गठन गरेको छ ।
भदौ १० गते बसेको लघुवित्तको संचालक समितिको बैठकले उक्त समिति गठन गरेको हो । बैठकले एक जना गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा ३ सदस्यीय मर्जर तथा प्राप्ती समिति गठन गर्ने निर्णय गरेको हो ।
यससँगै उक्त समितिको संयोजकमा सुशोभन देवकोटा, सदस्यमा अनिमेश हलवाई र सदस्य सचिवमा हरिकृष्ण जोशी रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण कुँवरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।