Logo

अर्थ

सुनको भाउ आकाशियो, तोलाको एक लाख पुग्न दुई सय कम



सुनको भाउ निरन्तर उकालो लाग्दै छ । पछिल्लो समय लगातार सुनको मूलय आकाशिदै गएको हो । विश्वव्यापी कोरोना भाइरस संक्रमण महामारीका कारण सुनको भाउ निरन्तर रुपमा उकालो लाग्दै गएको हो ।

सुन  तोलामा एक लाख पुग्न दुई सय कम रहेको छ । आज तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको तुलनामा सुन आज दुई सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि भाउ महँगो हुँदै गएको हो । चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १०:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।