Logo

कर्पोरेट फोकस

यूनियन लाइफ चौथो बर्षमा   



यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज चौथो वर्ष पुरा भएको छ । नियमनकारी निकाय बीमा समितिबाट स्वीकृती प्राप्त गरी कारोवार संचालन गरेको चार गते चौथो वर्ष पुरा भएको छ ।

गत आ.व. २०७४–७५ मा कम्पनीले ८६ करोड ५० लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो  भने आ.व. २०७५–७६ को श्रावण र भाद्र महिनामा करिब २२ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ ।

हाल सम्म कम्पनीले जारी गरेको बीमालेख संख्या करिब ८२ हजार भन्दा बढि रहेको छ । कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख मुनाफा गरेको छ । आ.व. २०७४–७५ मा कम्पनीको जीवन बीमा कोष रु.३७.३० करोड रहेको छ । कम्पनीको समग्र आर्थिक परिसूचांक लाई मध्यनजर गर्दा कम्पनीको वित्तिय अवस्था मजबुत रहेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४–०१–२४ गते दर्ता भएको यस कम्पनीले बीमा समितिबाट मिति २०७४–०३–२० मा इजाजत प्रमाणपत्र प्राप्त गरेको थियो भने मिति २०७४–०६–०४ गते बीमा समितिबाट कारोवार संचालनको अनुमती प्राप्त गरेको थियो ।

२ अर्ब १५ करोड जारी पूंजी रहेको यस कम्पनीका १० प्रकारका बीमा योजनाहरु रहेका छन् । जसमा सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजिवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजिवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् ।  भने, कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहेका छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

कम्पनीले जीवन बीमाको पहुँच अभिबृद्धि गराउने कार्यलाई प्राथमिकता दिनका लागि बीमा बजारको माग र आवश्यक्ता अनुसार नविनतम् बीमा योजनाहरु ल्याउने र कम्पनीलाई जीवन बीमा क्षेत्रको भरोसा योग्य कम्पनी बनाउने लक्ष्य लिएको जनाएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १० : ३६ बजे