Logo

अटो

खोपमा घुस्यो नाडाको राजनीति, निःशुल्क खोपलाई दुरुपयोगको प्रयास



काठमाडौं । नाडाको आगामी निर्वाचनमा उम्मेद्वार बनेका करण चौधरीले कोरोना विरुद्धको खोपमा राजनीति घुसाउने प्रयास गरेका छन् । सरकारले नाडा अन्तर्गतका व्यवसायीहरुलाई निःशुल्क उपलब्ध गराउन लागेको खोपलाई आफ्नो व्यक्तिगत स्वार्थ अनुसार प्रयोग गर्न सुरु गरेका छन् ।

चौधरीको नाम लिदै एक महिलाले केही व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप दिने भन्दै फोन गरेको पाइएको छ । चौधरीको नामबाट खोप उलब्ध हुने भन्दै राज्यले दिएको सुविधा दुरुपयोग गर्ने मनसायले पोखरा लगायतका केही व्यवसायीहरुलाई टेलिफोन गएको छ ।

‘मलाई करण चौधरीको कार्यालयबाट भन्दै ०१–५५४५८९३ बाट फोन आएको थियो, खोप उपलब्ध हुन्छ भन्ने कुरा गर्नुभयो’ एक व्यवसायीले भने, ‘तर खोप राज्यले दिने हो, चौधरी सरले भोट फकाउन दुरुपयोग गर्न लाग्नु भएको कुरा बुझिहालेँ ।’

नाडाको आगामी नेतृत्वका लागि ध्रुब थापा समेत आकांक्षी छन् । थापा अध्यक्षका लागि बलियो दावेदार हुन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलालसँगै चुनावमा लड्ने तयारी गरेका थापाले सहमतिमा यस अघि उम्मेदवारी दिएका थिएनन् । यसपटक भने नेतृत्वको बलियो दाबेदार देखिएपछि चौधरीले व्यवसायीहरुलाई प्रभावित पार्न यस्तो कदम उठाएका हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।