Logo

प्रमुख समाचार

आज देशमा रमिता छ



आज देशमा रमिता छ,
टुक्रिएको जोड्दा, जोडिएको टुक्रिदा,
समाजवादीमा झाँक्री र नेपाल जोडिदा,
एमालेमा ओली र रावल जोडिदा,
ईश्वर र बिष्णुसंग बादल जोडिदा,
जसपामा बाबुराम र उपेन्द्र जोडिदा,
महन्त ठाकुर र महतो जोडिदा,
सरकारमा देउवा र प्रचण्ड जोडिदा,
बुढानिलकण्ठमा हराएका देऊवालाई,
माधव प्रचण्डले बालुवाटार पुर्याउदा,
एउटै मन्चबाट कुर्लने ओली प्रचण्ड,
एक्लै पेरिस डाँडाबाट कुर्लदा,
बालुवाटारबाट गर्जने ओली,
बालकोटबाट गर्जदा,
जात्रै जात्रा गाईजात्रा भएको छ,
त्यसैले, आज देशमा रमिता छ ।

आज देशमा रमिता छ,
दुई तिहाइको सरकार,
एक तिहाई झर्दा,
आफ्नै सरकारलाई अविश्वास गर्दै,
अपदस्थ गर्दा,
पक्षबाट प्रतिपक्षमा सर्दा,
अहंकारी, तानाशाही, प्रतिगमनकारी,
मतियार भन्ने रावल जस्ता,
भँडुवा प्रवृत्तिधारीहरु के के सच्चियो र ?
आफ्नै घरमा आगो लगाई,
खरानी बेच्ने,
नौ भाईलाई हो,
कत्ती पनि लज्जाबोध नै भएन,
ओलीसंग कुम कुम जोड्दा,
त्यसैले, आज देशमा रमिता छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार ११:५९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।