Logo

अन्तर्राष्ट्रिय

घाइते गाईलाई हेलिकप्टरबाट उद्धार गरियो



स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

रोयटर्स नामक समाचार एजेन्सीका अनुसार गर्मी मौसमका बेला पहाडको उच्च स्थानमा चर्न गएका गाईहरु घाइते भएपछि हेलिकप्टरद्वारा उद्दार गरिएको हो। हिँडेर तल झर्न नसक्ने १० वटा घाइते गाईहरूलाई हेलिकप्टरद्वारा उद्धार गरी पहाडको फेदमा ल्याइएको हो।

केही किसानहरूले हेलिकप्टरको डोरीमा बाँधेर ल्याइएका गाईलाई जमिनमा झार्न सहयोग गरेका थिए।

उक्त गाईहरूलाई केही दिनपछि स्वीट्जरल्यान्डमा हुने काउ परेडमा सहभागी गराइनेछ स्रोतले जनाएको छ।
परेडमा सहभागी हुने झन्डै १ हजार गाईहरु अहिले हिँडेर फेदीमा झर्दै गरेको समाचार एजेन्सीले जनाएको छ।

तस्बिरमा उद्दार गरिएका गाइहरु:

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।