अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु उद्धारको पर्खाइमा बसेका छन्।
अफगानिस्तानमा कावुलले सत्ता कब्जा गरेपछि द्वन्दको त्रास झेलिरहेका र नेपाल फर्किन चाहने नेपालीहरुलाइ नेपाल ल्याउने पुर्व तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो ।
उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको पररास्ट्र मन्त्रालयले जनाएको छ।
काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका मध्ये ८ जना भने नेपाल आउँदैछन् । बाँकी रहेका अन्य नेपालीको उद्धारको लागि नेपाल सरकारले विभिन्न मित्रराष्ट्रहरुसंग समन्वय गरिरहेको जनाएको छ। यधपी यसघि केहि नेपालीलाइ उद्धार गरि नेपाल फर्किसकेका छन्।




















प्रतिक्रिया