Logo

अर्थ

सेयर बजारमा ९.२४ अंकको गिरावट



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ९.२४ अंकले घटेर २,७७७ को विन्दुमा कायम भएको छ ।

आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ८५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ४६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १५:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।