Logo

अर्थ

डलरको भाउ निरन्तर ओरालो, कति छ आज बिदेशी विनिमय दर ?



गत साताको शुक्रबारबाट ओरालो लागेको अमेरिकी डलरको भाउमा सुधार आउनुको सट्टा निरन्तर ओरालो लागि रहेको छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर ११९.०५ रुपैयाँ र खरिद दर ११८.४५ रुपैयाँ थियो । जुन, त्यसयता निरन्तर घट्दै आज एक अमेरिकी डलरको बिक्री दर ११७.५२ र खरिद दर ११६.९२ रुपैयाँमा आइपुगेको छ ।

यसैगरी, आज एक यूरोको बिक्री दर १३८.६१ र खरिद दर १३७.९० रुपैयाँ तथा एक पाउण्ड स्टर्लिङको बिक्री १६१.६० र खरिद दर १६०.७८ रुपैयाँ कायम भएको छ । यसका साथै, आज एक स्वीस फ्रयांकको बिक्री १२८.४५ र खरिद १२७.८० छ भने सिंगापुर डलरको बिक्री ८७.३२ मा हुँदा खरिद ८६.८७ रुपैयाँमा भइरहेको छ ।

जापानी १० येनको बिक्री १०.७० र खरिद १०.६४ रुपैयाँमा भइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी, साउदी रियालको बिक्री ३१.३३ र खरिद ३१.१७ रुपैयाँ, कतारी रियालको बिक्री ३१.८२ र खरिद ३१.३६ रुपैयाँ छ । यसका साथै, आज संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३१.९९ कायम हुँदा खरिद दर ३१.८३ रुपैयाँमा भइरहेको छ । बैंकले आज मलेसियन रिंगटको बिक्री २८.२७ र खरिद भाउ २८.१३ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।