Logo

प्रमुख समाचार

प्रदेश २ मा ओलीको एमाले भन्दा नेपालको समाजवादी ठूलो दल, सरकारमा सहभागी हुने



नेकपा (एमाले) पार्टी विभाजन भएपछि फूटको असर देशव्यापी रुपमा परेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गुमाएको एमाले प्रदेश १ र बागमती प्रदेशमा समेत सत्ताच्युत हुनु पर्ने अवस्थामा पुगेको छ । केपी शर्मा ओलीले केही व्यक्तिहरु चोइटिएर गएको बताइरहेका बेला प्रदेश नं. २ मा भने ओली नेतृत्वको नेकपा (एकिकृत समाजवादी) ठूलो दल बनेको छ ।

प्रदेश २ मा नेकपा एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना समाजवादीमा खुलेका छन्। पूर्ववत् अवस्थामा एमाले फर्केपछि माधव पक्षले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई १३ सांसदको बहुमतसहित हटाएर सत्रुधन महतोलाई दलको नेता बनाएका थिए । पार्टी औपचारिक विभाजन भएपछि प्रदेशसभामा अहिले पनि नेपाल पक्ष बलियो र एमाले कमजोर देखिएको छ।

अहिले पार्टीमा गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, सत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रविन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ समाजवादीमा रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।