Logo

प्रवास

मलेसियामा १ नेपाली युवाको रहस्यमय मृत्यु



मलेसियामा काम गर्र्र्र्र्देै आएका एक युवकको बुधबार रहस्यमय मृत्यु भएको छ ।मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।

उनि सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका र ड्युटीमा खटिएकै समयमा मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिनुभयो । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए ।बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको केहि समय मै उनको मृत्यु भएको खड्काको भनाइ छ ।

उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । विष्टको मृत्यु हुनुको कारण भने अझै स्पष्ट खुल्न सकेको छैन ।
विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ । उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १२:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।