Logo

अर्थ

सय अंक भन्दा बढि गिरावट : नेप्से



आज हप्ताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १०० अंकभन्दा बढीले श्रmणात्मक भएको छ । कारोबार सुरु भएको झण्डै डेढ घन्टा पनि बित्न नपाँउदा परिसूचक १०० भन्दा बढीले घटिसकेको छ । आज नेप्से परिसूचकमा १०७ अंकको गिरावट भएको छ ।

यो भनेको नेप्सेमा आएको ३।६८ प्रतिशतको गिरावट हो ।नेप्सेमा अहिलेसम्म ९४ लाख २८ हजार कित्ता सेयर किनबेच भएर ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा ८ प्रतिशतको, विकास बैंकमा ७ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।