Logo

प्रवास

नेतृत्व ताक्नेसंग योजना र कार्यक्रम हुनुपर्छ : गौरीराज जोशी



गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका सचिव तथा दसौं महाधिवेशनमा महासचिव पदका प्रत्यासी गौरीराज जोशीले व्यक्तिगत एजेन्डा ल्याएर प्रोपागान्डा गर्ने प्रवृत्तिले कसैको भलो नगर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६७औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै जोसीले आफ्ना व्यक्तिगत कार्ययोजना नभई संघको मर्मअनुसार कार्यक्रम र योजना ल्याएर महाधिवेशन सफल बनाउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘मेरो व्यक्तिगत कार्ययोजना महत्वपूर्ण होइन। गैरआवासीय संघलाई यसको मर्म अनुसार कार्यक्रम ल्याएर योजना सफल बनाउनु पर्छ।‘ नेतृत्वमा आउन चाहनेले नेपाल र नेपालीलाई सधैं केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ ।

नेपालमा १० अर्ब लगानी भित्र्याउने परियोजना सफल पार्न आफू लागिपरेको जोशीले बताए । जोशी गैरआवासीय नेपाली संघसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सन् २००५ देखि नै जोडिएका छन् ।
आफू पद ओगट्न मात्र नभई काम गरेर देखाउन उम्मेद्वार बनेको जनाउँदै जोशीले भने, ‘सबै अध्यक्षका प्रत्यासीलाई म काम गर्ने उम्मेद्वार हो भन्ने थाहा छ त्यसैले सबैजनाले ममाथि सद्भाव राख्नुहुन्छ ।‘
नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६७ औं भागमा एनआरएनएको भावी नीति र नेतृत्वबारे छलफल हुने गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।