Logo

बैंकिङ

महालक्ष्मी विकास बैंक लि.द्वारा विद्यार्थीहरुका लागि विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न



महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले २०७७ फाल्गुन १७ गते सोमबार  सिद्धार्थनगर  न. पा.–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।

सिद्धार्थनगर  न.पा. वडा नं. ४ का अध्यक्ष श्री मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य श्री राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १२:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।