Logo

अर्थ

नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेर जेल परेका दुई मदिरा उद्योगी जेथाजमानी राखेर छुटे



नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको कसुरमा कैद सजाय काटीरहेका दुई मदिरा उद्योगका संचालक ३१ करोड ६३ लाख मूल्य बराबरको जेथा जमानी राखेर रिहा भएका छन् । सर्वोच्च अदालतले धरौटी राखेर रिहा हुने आदेश दिएपछि उदयपुर डिस्टीलरीका संचालक ओमप्रकाश प्रसाद कलवार र जयश्री धौलागिरी डिस्टीलरी संचालक शम्भु शरणप्रसाद कलवार रिहा भएका हुन्

करोडौंको नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोपमा आन्तरिक राजस्व कार्यालय वीरगंजले २०७६ भदौ २६ गते फैसला गर्दै ३१ करोड ६३ लाखको विगो जरिवाना र एक वर्ष कैद सजाय सुनाएको थियो ।

विगो जरीवाना बराबरको रकम बुझाउन नसक्दा उनीहरु जेल चलान भएका थिए । त्यसपछि सञ्चालक द्वयले राजस्व न्यायधिकरणको कार्यालयमा रिट दायरगरेका थिए । त्यहाँ पनि कुनै परिणाम नआएपछि जेथाजमानी बुझाएर मुद्दाको पुनरावलोकनका लागि दिएको रिटमा सर्वोच्चले धरौटीमा रिहा हुने फैसला गर्यो ।

उदयपुर डिष्टीलरीले ३६ लाख ६९ हजार ७४२ थान नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेका संचालक ओमप्रकाशलाई २६ करोड १६ लाख जरिवानासहित एक वर्ष कैद र धौलागिरी डिष्टीलरीले सात लाख ४५ हजार ६१५ थान नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोपमा शम्भुलाई एक वर्ष कैद र पाँच करोड ४७ लाख जरिवाना गरिएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १२:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।