Logo

अटो

हुण्डाईकोे ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ योजना सार्वजनिक



नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुलाई बम्पर उपहारका साथै खरिदमा नगद छुटको व्यवस्था गरिएको छ ।

बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुण्डाई आइ ट्वान्टी गाडी पाउनेछन् भने गाडी खरिदमा ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको व्यवस्था छ । यो योजनामा सहभागि हुनेले स्क्रयाच कार्डमार्फत एक लाखसम्म थप नगद छुट पाउने कम्पनीले जनाएको छ ।

साथै एक वर्षसम्मको वीमा र सडक कर (चालू आर्थिक वर्षको) निःशुल्क हुनेछ । हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।