Logo

अर्थ

५ लाख गरिब परिवारलाई १० हजारका दरले राहत दिने सरकारको घोषणा



कोभिड १९ का कारण विभिन्न समस्या सँग जुधिँरहेका गरिब परिवारलाई अर्थमन्त्री जनार्दन शर्माले व्यवसाय पुनरुत्थानका लागि थप रकमको व्यवस्था गरेको बताएका छन् ।

उनले कोभिड १९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । उनले स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १६:४८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।