Logo

प्रमुख समाचार

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक



प्रहरी संखुवासभा मादी हत्याकाण्डका आरोपी सार्वजनिक गरेको छ । ६ जनाको सामूहिक हत्या गर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेकोहो ।

गत सोमबार गते बिहान आफन्त पर्ने ६ जनाको सामूहिक हत्या लोकबहादुरले गरेको प्रहरीको भनाई रहेको छ । मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको आरोप सहित प्रहरीले कार्कीलाई शनिबार नियन्त्रणमा लिएको थियो ।

लोक बहादुरले तेजबहादुरको परिवारका ६ जनाको सामूहिक हत्या गरेको स्वीकार गरेकोले उनलाई पक्राउ गरेको प्रहरीको भनाइ रहेको छ ।

गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १२:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।