माछापुच्छ्रे बैंकले पर्यटकीय एवं धार्मिकस्थल लुम्बिनीमा क्यूआर कोड तथा वीच्याट पे सेवा सुरु गरेको छ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकले त्यस क्षेत्रको विकास प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क क्यूआर कोडबाटै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
डिजिटल बैंकिङ्गमा आक्रमक रुपले सेवा विस्तार गरिरहेको बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ कम्पलेक्सलगायतमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गर्दै आएको छ।
बैंकले हालै मात्र मोबाइल वालेट रेमिट्याप नेपाल सञ्चालनमा ल्याएको छ। बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ्ग, अनलाइनमार्फत् खाता एवं मुद्धती खाता खोल्न सकिने गरी सेवा विस्तार गरेको छ।
प्रतिक्रिया