Logo

कर्पोरेट फोकस

चन्द्रागिरि हिल्सले ल्यायो फेस्टिभ अफर



चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ । 
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा छ हजार पाँच सयमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ । यो अफर आजैदेखि लागु भइ १५ मङ्सिर २०७७ तद्अनुसार ३० नोबेम्बर २०२० सम्मका लागि मान्य हुने व्यवस्था गरिएको छ । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ५ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।