Logo

समाचार

‘पशु कल्याणका लागि सार्थक अभियान’ सकेर फर्कियो नाट्य टोली



कोरोना प्रकोप न्युन भएसँगै पशु कल्याणका लागि सार्थक अभियान कार्यक्रम लिएर बारा र पर्सा पुगेको नाट्य टोली नाटक मञ्चन सकेर काठमाडौं फर्किएको छ । पशु कल्याणका लागि सचेतना फैलाउने उदेश्यले नाटक मञ्चन र वृतचित्र छायॉकनका लागि परिबर्तन नेपालका अध्यक्ष एवं लेखक/निर्देशक मोहन निरौलाको अगुवाईमा नाट्य टोली बारा र पर्सा पुगेको थियो ।

पशु कल्याणका क्षेत्रमा लामो समयदेखि सक्रिय एनिमल नेपालको सहयोगमा नाटक मञ्चन तथा छायाँकन गरिएको नाट्य टोलीका सदस्य विश्वदिप घिमिरेले जानकारी दिए । नाट्य टोलीमा मोहन निरौलाका साथै विश्वदीप घिमिरे, प्रल्हाद खरेल, राधा श्रेष्ठ, जे बी डिसी, शान्ता भट्टराई, जगत थामी र गम्भीर श्रेष्ठ रहेका थिए । एनिमल नेपालको बारा स्थित कार्यालयका शत्रुघन पटेल र सिताराम पटेल पनि उक्त अभियानमा सहभागी भए ।

टोलीले नाटक मञ्चन मात्र नभएर संचारकर्मी एवं स्थानिय बासिन्दासँग पनि पशु कल्याणका सम्बन्धमा अन्तरक्रिया गरेको घिमिरेले बताए ।

घिमिरेका अनुसार टोलीले ‘पशु कल्याण सुनिश्चित गरौं’ भन्ने नाटक गढीमाई, बरियारपुर, बगडमपुर, देबकोटा चौक, सिसहनीया, पर्वानीपुर, दुर्मनवाना, टेडा, घण्टाघर बिरगन्ज गरी १० स्थानमा नाटक मन्चन गरेको थियो । पशु कल्याणका लागि गरिएको यो सचेतना कार्यक्रमलाई एनिमल नेपालबाट सुलक्षणा राणाले नेतृत्व गरेकी थिइन् ।

यस अघि नाट्य टोलीले काठमाडौं र चितवनका बिभिन्न स्थानमा पशु कल्याण सम्बन्धी नाटक मन्चन गरि सचेतना फैलाउने काम गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १३:३३   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।