Logo

समाचार

जुलुसमा हिमानी शाह



पूर्वयुवराज्ञी हिमानी शाह राजावादी समूहको जुलुसमा सहभागी भएकी छन् ।

तराई मधेस राजावादी संगठन, नेपालले बुधबार आयोजना गरेको प्रदर्शनमा हिमानी प्रत्यक्ष सहभागी भएकी हुन् ।

हिमानी ट्रष्टमार्फत सामाजिक कार्यमा सहभागी हिमानी राजतन्त्र पुनस्र्थापना पक्षधरको प्रदर्शनमा पहिलो पटक स–शरीर सहभागी भएकी हुन् । मास्क लगाएकी हिमानीले प्रदर्शनको अग्रपंक्तिमा उभिएर साथ दिएकी थिइन् ।

राजाको पक्षमा नारावाजी गरेका सहभागीले २०४७ को संविधान लागू गर, हिन्दूराष्ट्र कायम गर, राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए ।

राज संस्था स्थापनालाई आफ्नो मुद्दा बनाएर दर्जन बढी संघ–संगठन सक्रिय छन् । यस्ता संगठनहरूले सञ्चालन गर्ने गतिविधिमा पूर्वयुवराज पारस शाह सहभागी हुने गरे पनि पूूर्वराज परिवारका अन्य सदस्य स शरीर सहभागी बनेको सम्भवतः यो पहिलो घटना हो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १०:२३   :  बजे

48.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।