स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर(१४ मा पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको छ।प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बिहीबार बिहान पहिरो जाँदा एकै परिवारका ८ जना रहेका छन्। एक जना पाहुना आएकी महिला छिन्। मृत्यु भएका सबैको पहिचान खुलेको बोगटीले बताए।
मृत्यु हुनेमा टिकामाया नेपाली (४७) स्थानी नेपाली (२३)दीपक नेपाली (२४) कुलद्वीप नेपाली (२२), विक्रम नेपाली (१५) पाहुना आएकी उमाकला नेपाली (३०), विनिता नेपाली (२१) ९ महिने शिशु शिशिर नेपाली र ९ वर्षका विवश नेपाली छन्।
पहिरोमा पुरिएकामध्ये १७ वर्षीया मनिषा नेपाली घाइते छन्। बोगटीका अनुसार भिरालो जमिनमा सडक माथिबाट पहिरो खस्दा घर पुरेको थियो। बिहान साढे ५ बजे पहिरो गएपछि प्रहरी उद्धारका लागि खटिएको थियो। घाइते मनिषालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।




















प्रतिक्रिया