ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कात्तिक १५ गते फैसला सुनाउने भएको छ ।
नेपाल र भट्टराईमाथि अख्तियार दुरुपयोग अनसुन्धान आयोगले मुद्धा नचलाउ गरेको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।
सर्वोच्च अदालतले रिटको फैसला कात्तिक १५ गते सुनाउने निर्णय गरेको अधिवक्ता कृतिनाथ शर्माले बताए । उनले भने– ‘हामीले अख्तियारको निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका थियौं । जसको फैसला कात्तिक १५ गते आउनेछ ।’
नेपाल र भट्टराईविरुद्ध बरिष्ठ अधिबक्ता बालकृष्ण बस्नेत, सुरेन्द्र भण्डारी, अधिबक्ता कृतिनाथ शर्मालगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।




















प्रतिक्रिया