नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिद दर ११५ रुपैयाँ ६६ पैसा र विक्री दर ११६ रुपैयाँ २६ पैसा निर्धारण गरेको छ । त्यस्तै, सोमबार १ अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ १६ पैसा र विक्री दर ११६ रुपैयाँ ७६ पैसा रहेको थियो ।
त्यस्तै यूरोपीयन यूरो १ को खरिद दर १३७ रुपैयाँ ९३ पैसा र विक्री दर १३८ रुपैयाँ ६५ पैसा तोकेको छ । एक कारोबार दिन अगाडी सोमबार १ यूरोपीयन यूरोको खरिद दर १३८ रुपैयाँ ८६ पैसा र विक्री दर १३९ रुपैयाँ ५७ पैसा रहेको थियो ।
मंगलबार बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ १६ पैसा र विक्री दर १६२ रुपैयाँ ०० पैसा रहेको छ । सोमबार भने बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ७५ पैसा र विक्री दर १६२ रुपैयाँ ५८ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, नेपाली बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिद दर ३८२ रुपैयाँ ८४ पैसा र विक्री दर ३८४ रुपैयाँ ८३ पैसा तोकेको छ भने बहराइन दिनार १ को खरिद दर ३०६ रुपैयाँ ७६ पैसा र विक्री दर ३०८ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।





















प्रतिक्रिया