Logo

नबिलसँग मर्ज हुने हल्लाले युनाइटेड फाइनान्सको सेयरमा सर्किट



निजी क्षेत्रको पहिलो र बलियो नविल बैंक चौधरी ग्रुपद्वार प्रर्वधित बैंक हो । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंक वित्तिय संस्थालाई मर्जर गर्न फोर्स गर्ने संकेत गरेसंगै चौधरी ग्रुपकै मुख्य लगानी रहेको अर्को फाइनान्सको सेयरमा आवज सर्किट लागेको छ ।

युनाइटेड फाइनान्सलाई नबिल बैंकसँग मर्जर गर्ने हल्लाले सेयर भाउ बजार बढेको छ । युनाइटेड फाइनान्स सेयरमूल्यमा चलखेल भइरहेको बेला युनाइटेड फाइनान्सका सीईओ अजय मिस्त्रले भने मर्जरको कुनै हल्ला नचलेको बताएका छन ।

 

नविल बैंकमा विनोद चौधरीको बढी सेयर छ भने युनाइटेड फाइनान्समा बसन्त चौधरीको मेजर सेयर रहेको छ । साताको अन्तिम कारोबार दिन युनाइटेड फाइनान्सको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ । गत सोमबार पनि मर्जरको हल्लाले फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

नविल बैंक र युनाइटेड फाइनान्स चौधरीका दाजुभाईको होल्डीङ भएका कम्पनी हुन । बजारमा मर्जरको हल्ला चलाएर केही सेयर खेलाडीले कमाउन खोजेको भन्दै युनाइटेड फाइनान्सका सिईओ मिस्त्रले कर्जरको कुनै कुरा नभएको बताएको छ ।

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  १ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।