नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषको ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक शेयरको बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
बिक्री गर्न लागेको संस्थापक समूहको शेयर खरिदका लागि आजदेखि शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले न्यूनतम १ हजार ५ सय २ रुपैयाँ ५० पैसा अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन् । कम्पनीको शेयरमा चैत १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरिदको लागि परेको बोलकबोल आवेदन चैत १८ गते खोलिनेछ ।
प्रतिक्रिया